उर्लाबारी । मोरङको उर्लाबारी–२ मा रहेको बेतिनी सामुदायिक वनको २१ औं वार्षिक साधारणसभा आइबार सम्पन्न भएको छ ।
वन परिसरमा भएको कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न संघसंस्था, सामाजिक ब्यक्तित्वहरु र सामुदायिक वन समूहका प्रतिनिधिहरुलगायतको उपस्थित रहेको थियो ।
वन संरक्षण तथा विकास, वन पैदावर संकलन तथा सदुपयोगका कार्यक्रमहरु, कृषि महिला तथा विपन्न मुखी आयमुलक, संस्थागत विकास, सामुदायिक विकास, सिमसार संरक्षण तथा पर्यापर्यटन विकासको कार्यक्रमजस्ता कार्यक्रमहरु आर्थिक बर्ष २०८० ।०८१ को प्रस्तावित वार्षिक कार्ययोजनाहरुलाई समूहका अध्यक्ष भीमबहादुर राईले प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै आर्थिक बर्ष २०७९ । ८० को आय व्यय प्रतिबेदन र आर्थिक वर्ष २०८० ।८१ को लागि अनुमानित आय व्यय तथा कार्य नीतिका कार्यक्रमहरु समूहका कोषाध्यक्ष अर्जुन बास्तोलाले प्रस्तुत गर्नु भएको थियो भने वार्षिक प्रगति प्रतिबेदन समुहकी सचिव अरुणा थापाले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारी, जेष्ठ नागरिक, उत्कृष्ट वन हेरालु , उत्कृष्ट प्रचारप्रसारमा पत्रकार, उपभोक्ता समुहका उत्कृष्ट टोली प्रमुख जस्ता बिधामा नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय