उर्लाबारी । उर्लाबारी–८, स्थित शान्तिक्षेत्र आधारभुत विद्यालयको ३७ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।
कोशी प्रदेश सांसद उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर खुलालले विद्यालयको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियोे । कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले पछिल्लो समय शैक्षिक गुणस्तर उकास्न शान्तिक्षेत्र आविले गरेको प्रयासको प्रशंसा गर्नुभयो । कार्यक्रममा समाजसेवी जयधर्म आचार्य , रुद्रबहादुर तामाङले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बिद्यालयलाई आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई प्रमाणपत्रसहित खदा र मालाले सम्मान गरिएको थियो । उक्त कार्यक्रम बिद्यालयका शिक्षक बिशाल कट्टेलले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय