उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई ब्याग र ट्याक वितरण गरिएको छ ।
उर्लाबारी–८ निवासी हाल हङकङमा रहनु कमल लिङ्थेपले १५ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई ब्याग र ट्याक वितरण गर्नुभएको हो । विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष निरुपा निरौलाको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच सामाजिक अभियन्ता रुद्रबहादुर तामाङ, बानु सुब्बा, विद्यालयका प्रधानाध्यापक सुवास सापकोटालगायतले ब्याग र ट्याक वितरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय