
उर्लाबारी । मोरङको उर्लाबारी–४ मा रहेको पाथीभरा भजन किर्तन मण्डलीले इटहरीमा रहेको माया घरमा सहयोग गरेको छ ।
मण्डली टोलीले तिहारमा देउसीभैलोबाट संकलन भएको नगद २१ हजार १ सय २१ रुपैयाँसहित खाद्यान्य सहयोग गरेको सचिब रेनुका भट्टराईले जानकारी दिनुभयो । १ सय ५० केजी चामल, १० केजी चिनी, १ काटुन तेल, ५ किलो दाल, १० किलो चिउरा, ३ किलो भुजा, १० प्याकेट नुन, २ काटुन विस्कुट, २० जोर कपडा सहयोग गरिएको उहाँको भनाई छ । मण्डलीकी अध्यक्ष रुक्मिणी भट्टराईसहितको टोली पुगेर माया घरको अवस्था बारेमा जानकारीसमेत लिनुभएको छ ।