उर्लाबारी । उर्लाबारी नगरपालिकाले २०८०।०८१ को पहिलो चौमासिक प्रगति प्रतिवेदनसहित सार्वजनिक सुनुवाई गरेको छ ।
स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि अनुसार नगरपालिकाले चार महिनामा गरेको प्रगति एवं सामाजिक सेवाको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरबासी तथा सरोकारवालाले नगरको विकास निर्माण, भौतिक पूर्वाधार, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मदन भण्डारी स्मृति प्रतिष्ठानलगायतका बारेमा प्रश्न उठेका थिए । उठेका प्रश्नको नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, सम्बन्धित निकायका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।
प्रमुख खरेलले नगरको चौतर्फी विकासका लागि आगामी दिनमा अझ बढी सक्रिय एवं प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, संघसंस्था प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय