उर्लाबारी, उर्लाबारीमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । रेबिज रोग न्यूनीकरण र सामुदायिक कुकुरको संख्या कम गर्न आजदेखि चार दिने ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको हो ।
नेपाल एग्री लाइभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी तथा नेपाल भेटेरिनरी एसोसिएसन कोशी प्रदेशको प्राविधिक सहयोगमा उर्लाबारी–९ को वडा कार्यालयमा शिविर सञ्चालन गरिएको हो । नगर क्षेत्रमा देखा परेका सामुदायिक कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै रेबिजको भ्याक्सिन लगाइदिएपछि कुकुरलाई यथास्थानमै छाडिदिने गरिएको उर्लाबारी नगरपालिका पशुपन्छी शाखा प्रमुख बद्री भट्टराईले जानकारी दिनुभयो ।
आज र भोलि वडा नं. ९ को वडा कार्यालयमा र २४ र २५ गते वडा नं. १ को प्रगतिशील सामुदायिक वनमा शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । नगर उपप्रमुख मीना खतिवडा पौडेलले सामुदायिक कुकुरको संख्या कम गर्न र रेबिज रोगबाट बच्न नगरपालिकाले शिविर आयोजना गरेको बताउनुभयो । सो अवसरमा वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानको समेत उपस्थिति रहेको थियो । आज ७० वटा कुकुरको बन्ध्याकरण गरिएको पशुपन्छी शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय