
उर्लाबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) उर्लाबारी नगर समितिले आगलागी घटनामा ५० हजार सहयोग गरेको छ ।
उर्लाबारी–७ स्थित दिपक कार्कीको स्नेहा ज्वेलर्समा भएको आगलागी घटनामा ज्यान गुमाएका र घाइतेहरुको परिवारका निम्ति उर्लाबारी उद्योग बाणिज्य संघमार्फत ५० हजार रुपैयाँ सहयोग गरेको हो । एक कार्यक्रमका बीच प्याब्सन उर्लाबारी नगर अध्यक्ष दिनेश पोख्रेलले उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको महासचिब हेमराज गुरुङले जानकारी दिनुभयो । कार्तिक २६ गते लक्ष्मी पुजाको दिन भएको आगलागी घटनामा परी २८ जना घाइते भएका थिए । ५ जनाको मृत्यु भएको थियो भने २० जनाको काठमाडौंस्थित किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।