उर्लाबारी । मोरङको उर्लाबारी–५ को हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.को २८ औं स्थापना दिवसको अवसरमा रक्तदान र जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम गरिएको छ ।
आइतबार संस्थाको कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा ३१ प्रिन्ट रगत संकलन भएको व्यवस्थापक चक्र खड्काले जानकारी दिनुभयो । सोही अवसरमा २५ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको उहाँले बताउनुभयो । हाम्रो बचतले बर्षेनी मंसिर १० गते स्थापना दिवस मनाउँदै आएको सदस्य केदार चौहानले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष डिवी थापाको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाका सभापति भानुभक्त शर्मा पराजुलीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय