उर्लाबारी । मोरङको उर्लाबारी–७ मा अवस्थित जीवन बचाउ उपचार सेवा गृहको १८ औं वार्षिक साधारणसभाले पवन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिपेन्द्रकुमार दास , सचिब सुरेन्द्र कार्की, सह–सचिबमा बिवस बुढाथोकी र कोषाध्यक्षमा मञ्जु परियारलाई चयन गरिएको छ । यस्तैगरी समितिको सदस्यहरुमा अम्बिका निरौला, हेमप्रसाद लिम्बू, बबिता निरौला, कुमार तामाङ, लक्ष्मण गुरुङ र ताङ्साङ सम्वाहाम्फे लिम्बू रहनुभएको छ । यस्तै, लेखा समिति संयोजकमा गोपाल गौतम, सचिबमा सुवास अधिकारी र सदस्यमा देबेन्द्र बस्नेत निर्वाचित भएको गृह का ईन्चार्ज रबिन दहालले जानकारी दिनुभयो । २०६२ सालमा स्थापित गृहले हालसम्म २७ सयभन्दा बढी लागु पदार्थ एवं मादक पदार्थविरुद्धको उपचार र मानसिक परामर्श प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय