
उर्लाबारी । कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले कुलतमा फसेकाहरुलाई नयाँ जिवन प्रदान गर्न जीबन बचाउ उपचार सेवा गृहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
गृहको शनिबार आयोजित १८ औं वार्षिक चुनाबी साधारणसभामा प्रमुख अतिथिसमेत रहनु भएका सांसद गौतमले गृह सञ्चालन र भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगका गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । गृहका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी नगरपालिका उपप्रमुख मिना खतिवडा, पूर्व उपप्रमुख लक्ष्मीदेबी भण्डारी, उर्लाबारी–७ कि वडा अध्यक्ष उर्मिला थापा, ८ का वडा अध्यक्ष कुलबहादुर कार्की, सल्लाहकार गजेन्द्र दंगाल, बानु सुब्बा, उर्लाबारी रेडक्रसका सभापति भानुभक्त शर्मा पराजुलीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन गृहका इन्चार्ज रबिन्द्र दाहालले गर्नु भएको थियो ।