उर्लाबारी । मोरङको उर्लाबारी आगलागी घटनामा परी मृत्यु भएका उर्लाबारी–७ का हेमकुमार दाहाल (दिपक) र कुमार तामाङको अन्तेष्टी गरिएको छ ।
गत कार्तिक २६ गते लक्ष्मीपूजाको राती १०ः४५ बजेको समयमा उर्लाबारी वडा नं. ७ निवासी दिपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । किर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा भारत पश्चिम बंगाल, मिद्नापुर जिल्ला घर भई रोजगारीको शीलशीलामा उर्लाबारी–७ मा बसोबास गर्दै आउनुभएका वर्ष ४३ का तपन पण्डितको मंगलबार मृत्यु भएको थियो भने अर्का घाइते उर्लाबारी वडा नं. ७ बस्ने बर्ष ४९ को हेमकुमार दाहाल (दिपक) को बुधबार राती १०ः३५ बजे मृत्यु भएको थियो । त्यस्तै, उर्लाबारी–७ का ४२ बर्षीय कुमार तामाङको उपचारको क्रममा बिहीबार विहान ६ः२५ बजे मृत्यु भएको थियो । दाहाल र तामाङको शुक्रबार अन्तेष्टी गरिएको छ । दाहालको हिन्दु परम्परा अनुसार बक्राहा घाट र तामाङको बौद्ध धर्मको परम्परा अनुसार सुनझोडामा अन्तेष्टी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय