उर्लाबारी । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा बुधबार उर्लाबारीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको साधारणसभामा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद गौतमले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ उहाँले देखाउनका लागि मात्र नभएर लगानीलाई सुरक्षित राख्न पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले साना–साना सहकारीहरुलाई मर्ज गरेर ठुलो पुँजीको निर्माण गर्नुपर्ने र मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य रहेको बताउँदै सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।
त्यस्तै, उर्लाबारी– ७ कि वडाध्यक्ष उर्मिला थापाले सहकारीको लगानीलाई शेयर सदस्यहरुले सहि ठाउँमा प्रयोग गर्न सकेमात्र समृद्ध बन्न सक्ने बताउनुभयो । साकोसका अध्यक्ष टसबहादुर प्रधानले आर्थिक मन्दीले सहकारी क्षेत्रपनि प्रभावित रहेकाले संवेदनशिल भएर लगानी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । संस्थाले अघिल्लो आर्थिक वर्षमा गरेका बित्तिय कारोबार र सामाजिक सेवाका कार्यक्रमबारे प्रतिवेदन मार्फत अवगत गराईएको थियो । २०५७ सालमा झापाको बिर्तामोडमा कार्यालय रहेर स्थापित सहकारीको झापा , मोरङ र ईलाम कार्यक्षेत्रमा १५ हजार ६ सय ३१ जना शेयर सदस्य रहेको संस्थाका सचिव भूपाल बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय