उर्लाबारी । उर्लाबारी–७ मा भएको आगलागी घटनाका घाइते र कुरुवाको खाजा तथा खानाको लागि मैथिली समाज सेवा समितिले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
मैथिली समाज सेवा समिति उर्लाबारीको कार्यसमितिको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो । घाइते तथा कुरुवालाई खाजा र खानामा समस्या नहोस् भन्ने हेतुले सानो सहयोग गर्ने निर्णय भएको उहाँको भनाई छ । अप्ठ्यरो परिस्थितिमा सबैले साथ र सहयोग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय