उर्लाबारी आगलागी घटनाका घाइतेहरुको अवस्थाका बारेमा बुझ्न जापान मेडिकल एसोसियसनका पूर्वअध्यक्ष तथा टोकियो इटाबाशी अस्पतालका अध्यक्ष डा. हिरोयुकी इजुमी आउनुभएकाे छ ।
नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवि थापाको पहलमा शनिबार डा. इजुमी आउनु भएकाे हाे । शनिबार साँझ सिनियर डाक्टरसमेत रहनुभएका इजुमीसहितको टोली काठमाडौं आइपुग्नु भएकाे थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार उर्लाबारी आगलागी घटनाका पीडितहरुको अवस्था बुझ्ने र थप उपचारका लागि समन्वय गरिनेछ । घाइतेहरुको आत्मबल बढाउन पनि जापानबाट डा. इजुमी आउनु भएको उहाँको भनाई छ । गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय