
दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । नेकपा एकीकृत समाजवादी उर्लाबारी नगर कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शुक्रबार उर्लाबारी–७ स्थित कञ्चनजंघा होटलमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गरेको हो । पार्टीका केन्द्रीय परिषद् सदस्य बलबहादुर घिसिङको प्रमुख आथिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, नेपाली कांग्रेस उर्लाबारीका सचिब दिपक भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी सभापति उमेशजंग थापा, जनता समाजवादी पार्टी उर्लाबारीका अध्यक्ष मात्रिका धिमाललगायतले चाडपर्व सद्भावको पर्व बन्नु पर्नेमा जोड दिनुभएको थियो । प्रमुख अतिथि घिसिङले चाडपर्व एकता र सद्भावको रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । सबै एकजुट भएर देशको उन्नती र प्रगतिमा जुट्नु पर्ने उहाँको भनाई छ । पार्टीका प्रदेश कमिटी सदस्य कृष्ण आचार्य, नगर उपाध्यक्ष चन्द्रबहादुर राईलगायतले बोल्नुभएको थियो । कार्यक्रम पार्टीका नगर अध्यक्ष ढकबहादुर थापा (डिबी) को सभापतित्व एबं सचिब चन्द्रप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उर्लाबारीमा सबै पार्टीलाई बोलाएर नेकपा एकीकृत समाजवादी पार्टी उर्लाबारीले पहिलो शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीले पनि शुभकामना आदानप्रदान गरेपनि पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई मात्रै बोलाएको थियो ।