
झापा, झापाको मेचिनगर नगरपालिका- ६ स्थितबाट स्रोत नखुलेको भारतिय रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान ९ बजे मेचिनगर स्थित भन्सार गेटमा भारतबाट नेपालतर्फ आउदै गरेको भारत ठानाचौक केबुलटोल बस्ने ६२ बर्षीय जैनुल हक भन्ने भारतिय नागरिकलाई चेकजाँच गर्दा उनको साथबाट भारतिय रकम ५ सयको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरि जम्मा ३ लाख २० हजार रुपैँया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई रकम सहित आवश्यक कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाईएको छ ।