उर्लाबारी । मोरङको उर्लाबारीमा चर्चित टिकटकर कुलब्वाई र र्यापर भाइबर साइम आउने भएका छन् ।
नेपालीहरुको महान चाड तिहारको अवसरमा उर्लाबारी–३ मंगलबारे किसान चौकस्थित प्रार्थना रिट्रिटको आयोजनामा यहि कार्तिक २४ गते हुन लागेको कार्यक्रममा उनहिरु आउने भएका हुन् ।
युवामाझ लोकप्रिय र्यापरको छबी बनाएका कुलब्वाईसँगै आगामी शुक्रबार चर्चित र्यापर भाईबर साईमनको समेत बजोड प्रस्तुती रहने प्राथना रिट्रिटका संचालक रविन गुरुङले जानकारी दिनुभयो ।
रिट्रीटकै स्टेजमा साँझ ६ बजेदेखी संचालन हुने सो कार्यक्रमको धमाधम टिकट बिक्री भईरहेको संचालक गुरुङ्ले बताउनुभयो ।
ADVERTISEMENT