
मोरङको उर्लाबारी -५ मा रहेको नवोदय बहुउद्देश्यीय सहकारी सेवा केन्द्रको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उर्लाबारी न.पा वडा न.६ का वडा अध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिका रुपमा सहकारी संजाल उर्लाबारी नगर अध्यक्ष सीता कार्की , ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दास , उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष शेर बहादुर भण्डारी देखि सेवा केन्द्र उर्लाबारी व्यवस्थापन समिति सदस्यहरु सम्मको उपस्थिति रहेको थियो । भने उक्त कार्यक्रमको अध्यक्षता सेवा केन्द्र उपसमिति अध्यक्ष दुर्गा प्रसाद खतिवडाले गर्नु भयो थियो ।
कमल गाउँपालिका -३ केरखामा मुख्य कार्यालय बनाएर सेयर सदस्यलाई सेवा दिदैं आएको उक्त संस्थाले उर्लाबारी सहित अन्य ९ स्थानमा पाठशाला सेवा केन्द्र बिस्तार गरि हाल सम्म १७ हजार ५ सय ४० जना सेयर सदस्यलाई सेवा दिन सफल भएको छ । आर्थिक वर्ष ७९/८० को असार मसान्तसम्म रु.१३ करोड ४६ लाख ४ हजार ४ सय रुपैयाँमा रु. ५३ लाख ७७ हजार ९ सय रुपैयाँ फिर्ता गरि रु . १२ करोड ९२ लाख २६ हजार ५ सय रुपैयाँ सेयर पुँजी कायम गरिएको छ । त्यस्तै संस्थाले हाल रु.८२ करोड ९६ लाख २७ हजार ७ सय ९० रुपैयाँ कर्जामा लगानी गरेको छ ।
यस बर्ष रु. १ करोड २२ लाख ३३ हजार ३ सय ९८ रुपैयाँ संस्थाको खुद बचत भएको छ ।
उक्त कार्यक्रममा उत्कृष्ट बचत कर्ता , जेष्ठ नागरिक बचत , उत्कृष्ट कर्जा जस्ता बिधामा सेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि चिन्तामणि पौडेल , अतिथि सीता कार्की , सेर बहादुर भण्डारी , लगायतले शुभकामना सहित सुझावहरु समेत प्रकट गरेका थिए भने उक्त कार्यक्रमको समापन कार्यक्रमको अध्यक्षता गर्नु भएका दुर्गाप्रसाद खतिवडाले गर्नु भएको थियो।