
दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ७ को कार्यालयको आफ्नै भवन बनिसकेको निकै लामो समय बितिसकेको छ ।
वडा कार्यालयले वडाबासीहरुलाई भाडामा लिएको घरमा रहेको कार्यालयबाट सेवा प्रदान गर्दैं आएको थियो । पछिल्लो समय वडाको आफ्नै भवन सम्पन्न भइसक्दा पनि सर्न ढिलासुस्ती गरी अनावश्यक भाडा तिरेर जनताको करको दुरुपयोग भएको भनेर वडाबासीले चौतर्फी रुपमा व्यापक बिरोध गर्न थालेका छन् ।
उक्त बिषयमा वडा अध्यक्ष उर्मिला थापाले भवनको बाहिरी रङ्रोगनको मात्र काम सकिएको तर भित्रको धेरै कामहरु पुरा हुन बाँकी रहेको जानकारी दिनुभयो । जसमा बिजुली बत्ती , खानेपानी , पाटेशन, शौचालय, फर्निचर जस्ता कामहरु तीब्र रुपमा चलिरहेको र यहीँ आउदो मंसिरको पहिलो साता भित्र कार्यालयको आफ्नै भवनबाट वडाबासीलाई सेवा सुबिधा प्रदान गर्ने तयारी रहेको अध्यक्ष थापाले बताउनुभएको छ ।