उर्लाबारी । मोरङको मिक्लाजुङ–३ मा रहेको निसेलुङ भ्यूटावर र फनपार्कको कार्तिक १९ गते उद्घाटन गरिने भएको छ ।
मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले भ्यूटावर र फनपार्कको उद्घाटन गर्ने कार्यक्रमतय भएको निसेलुङ पर्यटन एव प्रबद्र्धन समितिका अध्यक्ष खगेन्द्र मादेन लिम्बूले जानकारी दिनुभयो । गायिका सुनिता थेगिमलगायत कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ । भ्यूटावर निर्माणमा राज्यको ८० लाख रुपैयाँ खर्च भएको छ भने फनपार्कमा निजी स्तरबाट १ करोड बढी खर्च भएको फनपार्कका सञ्चालक इन्द्रमणि भट्टराईले जानकारी दिनुभयो । उल्टोघर, बाल उद्याग, भ्यूटावर लगायत यहाँको आकर्षण रहेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय