झापा, झापाको बिर्तामोड नगरपालिका-१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु भएको छ ।
सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. १ च ४६२३ नम्बरको एम्बुलेन्सले पैदल यात्री बिर्तामोड नगरपालिका-४ कि ६९ बर्षिया सिता साह कल्वारलाई ठक्कर दिदा घाईते भएकी साहको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक माईजोगमाई नगरपालिका-३ इलामका ३६ बर्षिय सुजन प्रधानलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय