
ओखलढुङ्गा,ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा ३३ बर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्तहुना साथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिएको थियो भने मृतक महिलाको शवलाई आवश्यक कानूनी प्रकूया पश्चात पोष्टमार्टमकोलागी जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा पठाएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।