
उर्लाबारी । प्रत्येक बर्ष झापा र मोरङको सिमानामा पर्ने मावा खोलामा छैठ पर्व मनाउँदै आएको छ । गत बर्ष छैठ पर्वमै गएका एक युवाको मृत्यु भएपछि यस पटक ब्यवस्थित र सुरक्षित बनाउन मैथिली सेवा समाज समितिले छलफल गर्ने भएको हो ।
उर्लाबारीका जनप्रतिनिधि, सुरक्षा निकाय, सरोकावाला पक्षसँग छलफल गर्ने भएको अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो । सोमबार विहान ७ः३० बजे छलफल कार्यक्रम राखेको उहाँले जानकारी दिनुभयो । विगतको भन्दा सभ्य र भब्य तरिकाले छैठ पर्व सम्पन्न गर्न आयोजक प्रतिबद्ध रहेको उहाँको भनाई छ ।