
उर्लाबारी । चाडपर्वमा कोही नभएको मौका पारेर चोरी गर्ने समूह सक्रिय रहेको पाइएको छ ।
उर्लाबारी–७ पशुपति दुर्गा टोल अन्तरगत अतिथि मार्गमा यज्ञ सुवेदी, तस्बिरी प्रधान, सबिना तामाङ र निर्मला काफ्लेको घरमा चोरी भएको छ । २ लाख ५० हजार नगदसहित सभा १ तोला सुनका गरगहना र अन्दाजी ३० तोला चाँदीका सामानहरु चोरि भयको छ । चाँदीका २ थान लोटा, पाउजु, चुरा, औंठी र बच्चाका कल्लिहरु लगायत चोरी भएको छ । चाडपर्वमा घरमा कोही नभएको मौका छोपेर चोरी हुन सक्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।