
उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित प्रस्तावित सालबारी रंगशालामा जारी प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कप २०८० को उपाधि उर्लाबारी– ९ ले जितेको छ ।
मंगलबारे भेट्रान क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनमा वडा नं. २ लाई पराजित गर्दै वडा नं. ९ ले उपाधि जितेको हो । फाइनल खेलमा ३–० को फराकिलो अन्तरले वडा नम्बर ९ को भेट्रान टिम उपाधि जितेको छ । जितसँगै उसले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।
जितको लागी वडा नम्बर ९ का उत्तम लिम्बूले पहिलो हापको १९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हापको ७ औँ मिनेटमा लालमन गुरुङले थप एक गोल गर्दै टिमको अग्रता बढाए । यस्तै दोस्रो हापको २२ औँ मिनेटमा उत्तम लिम्बूले पुनः १ गोल गरेर आफ्नो टिमको जित सुनिश्चित गराएका थिए ।
त्यसैगरी उपविजेता बनेको वडा नम्बर २ को भेट्रानले २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको थियो । गत असोज २६ गतेदेखि सुरु भएको सो प्रतियोगिताको उत्कृष्ट खेलाडि वडा ९ का भेट्रान मानुु थापा घोषित भए । यस्तै वडा नम्बर ९ भेट्रान टिमका विनोद गौतम, उत्तम लिम्बू र निशान जंग बस्नेत क्रमशः उत्कृष्ट गोल किपर, हाई स्करर र वेष्ट कोज घोषित भए । उनीहरुलाई ट्रफि र प्रमाणपत्रले कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेँलले पुरस्कृत गरेका छन् । सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाका भेट्रान टिमहरुको सहभागीता रहेको थियो । वडा नम्बर २ को मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिता संचालनको लागि देशविदेशबाट आर्थिक सहयोग संकलन गरिएको थियो ।