उर्लाबारी । मोरङको उर्लाबारी–१ मा रहेको पूर्वेली क्रसर उद्योगले सामाजिक उत्तरदायित्व अन्तरगत चाडपर्वमा आवातजावतमा सहज होस् भन्ने हेतुले सडक मर्मत गरेको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ५ लाङ्घाली चौक, बाबुराम चौक, झुम्रा गाउँ हुदै वडा नं. १ चारघरेसम्मको बाटोमा आवतजावतमा समस्या भएपछि क्रस उद्योगले सडक मर्मत गरेको हो । चाडपर्वको समयमा सडक मर्मत गरेपछि आवातजावातमा सहज भएको वडा सदस्य विनोद धिमालले जानकारी दिनुभयो । उहाँले पूर्वेली क्रसर उद्योगलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।
चाडपर्वमा आवातजावातमा सहज होस् भनेर पूर्वेली क्रसरको लगानीमा सडक मर्मत गरिदिएको इन्चार्ज मिलन निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय