उर्लाबारी,उर्लाबारी-३ मंगलबारेस्थित प्रस्तावित सालबारी रंगशालामा जारी प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कप २०८०को चौथो दिनको खेलमा वडा नम्बर ६ को भेट्रान टिम सेमी फाईनल प्रवेश गरेको छ । वडा नम्बर ६ भेट्रान र ४ नम्बर वडाका भेट्रानबिच आज भएको खेलमा १-०को अन्तरले ६ नम्बर वडाको भेट्रान सेमी फाईनल प्रवेश गरेको छ ।
६ नम्बर भेट्रानका ज्ञानबहादुर धिमालले दोस्रो हाफको ४० औँ मिनेटमा गरेको गोल नै उक्त खेलको निर्णायक गोल बनेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेवापत म्यान अफ दि म्याच ६ नम्बर वडाका भेट्रानका धिमाल नै घोषित भए । उनी सुनपकुवा साकोसका संचालक समिती सदस्य खेमराज कोईरालाद्वारा ट्रफीले सम्मानित भए ।
मंगलबारे भेट्रान क्वलद्वारा गत शुक्रबारदेखी सुरु भएको प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कप २०८० मा उर्लाबारीका ९ वटै वडाका भेट्रान टिमहरुको सहभागीता रहेको भेट्रान क्लवका सचिव मिलन भट्टराईले बताए ।
वडा नम्बर २ को मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिताको फाईनल खेल आगामी कार्तिक ४ गते हुने आयोजक खेल समितीका संयोजक विजय माझीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता संचालनको लागी देशविदेशबाट आर्थिक सहयोग संकलन गरीदै आएको जनाए ।
प्रतियोगिताको प्रथम र द्वितिय हुने टिमलाई क्रमश: ३० हजार र २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजक खेल समितीका सदस्य नविन थापाले जानकारी दिए । यस्तै उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडि, हाई स्कोरर र म्यान अफ दि सिरिज,उत्कृष्ट गोल किपर र उत्कृष्ट कोचलाई समेत पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको पाँचौ दिनको खेेलमा मंगलबार वडा नम्बर ५ र ९ का भेट्रान टिमबिच सालबारी खेल मैदानमा दिउँसो ३ बजेदेखी संचालन हुने आयोजकले जनाएको छ ।
यस्तै खेल समितीका संयोजक विजय माझीका अनुसार मंसिर २ गते बिहाबार भोलीको बिजेताले वडा नम्बर ३ को भेट्रानसँग सेमी फाईनल खेल हुने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय