उर्लाबारी । मोरङको उर्लाबारीस्थित आम्बारीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा शनिबारको खेलमा आयोजक आम्बारी स्पोटिङ क्लब विजयी भएको छ ।
आम्बारी स्पोटिङ क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा गौरादह फुटबल क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै आम्बारी स्पोटिङ क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो हाफको ३ मिनेटमा आम्बारीका सन्जय धिमाल १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनै धिमालले वान भर्सेस वानमा १७ औ मिनेटमा पुनः एक गोल थपे । गौरादहका पहिलो हाफको २४ मिनेटमा फिर्किक मार्फत सिधै जालि चुमाए । तर, हार भने टार्न सकेनन् ।
खेलको म्यान अफ द म्याच आयोजक टिमका करण चौधरीले भए । आइतबारको खेल ब्रदर युनाईटेट उर्लाबारी र दमक स्टार क्लब बीच हुने आयोजक टिमका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय