
उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित प्रस्तावित सालबारी रंगशालामा जारी प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कपको दोस्रो दिनको खेलमा उर्लाबारी वडा नं. ९ विजयी भएको छ ।
मंगलबारे भेट्रान क्लबको आयोजनामा जारी उक्त प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं. १ लाई ५–२ गोल अन्तरले पराजित गर्दै वडा नं. ९ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच ९ नम्बर वडाका उत्तम लिम्बू घोषित भए । उर्लाबारी वडा नम्बर २ को कार्यालयको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिताको फाईनल खेल आगामी कार्तिक ४ गते हुने आयोजक खेल समितिका संयोजक विजय माझीले जानकारी दिनुभएको छ । प्रतियोगिताको प्रथम र द्वितिय हुने टिमलाई क्रमशः ३० हजार र २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगितामा आईतबार वडा नम्बर ३ र ७ का भेट्रान टिमबीच दिउँसो ३ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।