उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रा.लि. ले तेह्रथुमकी मृगौला पीडित मनिषा गुरुङको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
अस्पतालमा कार्यरत लेखा शाखा प्रमुख तेजबहादुर गुरुङकी बहिनी लालीगुँरास नगरपालिका वडा नम्बर १ निवासी ३० बर्षीया मनिषलाई हस्पिटलद्वारा संकलित ७० हजार ३ सय रुपैयाँ सहयोग गरिएको हो । हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले शनिबार मनिषाको बुबा लक्ष्मीबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको छ । १५ वर्षको उमेरदेखि मृगौला सम्बन्धि समस्या भई हाल विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत गुरुङको आर्थिक अवस्था कमजोर भएकोले दुवै मृगौला प्रत्यारोपण गर्न नसकिएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले उहाँको उपचारको लागि सम्पूर्णमा आर्थिक सहयोगको लागि अपिल समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय