
उर्लाबारी । मोरङको उर्लाबारीमा शुक्रबारदेखि वडा स्तरीय भेट्रान रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मंगलबारे भेट्रान क्लबको आयोजना र उर्लाबारी नगरपालिका वडा नं. २ को प्रायोजनमा सो प्रतियोगिता सु? भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी वडा नं. २ विजयी भएको छ । उर्लाबारी वडा नं. ८ लाई ४–० गोल अन्तरले पराजित गर्दै वडा नं. २ विजयी भएको छ । वडा नं. २ को तर्फबाट सुदिप राई २, मित्र धिमाल र सन्तोष राई १÷१ गोल गरेका थिए । उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वटै वडाका ३५ वर्ष माथिका खेलाडीह?को सहभागिता रहने खेल संयोजक विजय माझीले जानकारी दिनुभयो । प्रतियोगिता उर्लाबारी–३ स्थित प्रस्तावित सालबारी रंगशालामा जारी शनिबारको खेलमा उर्लाबारी १ र ९ का बीचमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र ट्रफी र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले नगद २० हजार र प्रमाण हात पार्ने आयोजकले जनाएको छ ।