
उर्लाबारी । मोरङको उर्लाबारीको आम्बारीमा जारी जारी नकआउट फुलबल प्रतियोगिताको विआरसी फुटबल क्लब पथरी विजयी भएको छ ।
शुक्रबार भएको खेलमा शहिद गेट केर्खालाई २–१ गोल अन्तरले पछि पार्दै विआरसी फुटबल क्लब पथरी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १८ औं मिनेटमा केर्खाका उत्सब पौडेल गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलमा सुरुवाती अग्रता लिए पनि कायम राख्न सकेन । विआरसी पथरीका उमेश राईले २४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पु¥याए । निकै प्रतिष्पर्धात्मक भएको उक्त खेलको इन्जुरी समयमा बिआरसिका मनोज शेर्पालाई गोल गर्दै टिमको जितको लागि निर्णायक गोल गरे । निर्णायक गोलकर्ता बिआरसीका शेर्पा नै खेलको म्यान अफ द म्याच भए । शनिबार आयोजक आम्बारी स्पोर्टिङ क्लब र सिअफसि गौरादह क्लबबीच खेल आयोजक आम्बारी स्पोटिङ क्लबका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिनुभयो ।