नगरकै गौरवको योजनाका रुपमा रहेको ‘बक्राहा विष्णु गंगा घाट’ संचालन का लागि गठित तदर्थ समितिले औपचारिकता पाएको छ । विहिबार उर्लाबारी – ५ स्थित बौद्ध गुम्बा परिसरमा ‘बक्राहा विष्णु गंगा घाट नेपाल’को प्रथम साधारणसभा सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले प्रथम साधारणसभाको समुद्घाटन गर्नुभयो । महेन्द्रजंग तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको छ । जसमा उपाध्यक्ष केदारनाथ खतिवडा, सचिव मनोरथ भण्डारी, सहसचिव लेखनाथ खनाल तथा कोषाध्यक्षमा यमुना राईलाई पुन चयन गर्दै साधारणसभा सम्पन्न गरिएको निर्वाचन समिति संयोजक पदमबहादुर गौतमले जानकारी दिनुभयो । कार्यक्रममा मन्तव्य राख्दै मेयर खरेलले बक्राहा विष्णु गंगा घाटलाई पर्यटकीय धामका रुपमा विकास गरिने बताउनुभयो । घाटको दीर्घकालीन महत्व, स्वरुप र औचित्यबारे उहाँले प्रकाश पार्नुभएको थियो । उर्लाबारी ४ स्थित बक्राहा खोला पुलबाट करिब ७ सय मिटर उतरमा अत्याधुनिक पूर्वाधारसहितको घाट निर्माणधीन अवस्थामा रहेको छ ।
कार्यक्रममा उर्लाबारी वडा नम्बर ४ का वडाध्यक्ष कल्याणकुमार राईले पनि मन्तव्य राख्नुभएको थियो । नरमाया खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा घाट समितिका सचिव मनोरथ भण्डारीको संचालन तथा महेन्द्रजंग तामाङले सभापतित्व ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय