
उर्लाबारी । उर्लाबारीमा मुख्य कार्यालय रहेको आइजोन इन्टरनेटको २ लाख बढी क्षति भएको छ ।
उर्लाबारी नगरपालिकाले अब्यवस्थित तार काट्ने क्रममा आइजोन इन्टरनेटको पनि तार काटेको थियो । जसमध्ये सबै भन्दा धेरै आइजोनको इन्टरनेटमा क्षति पुगेको छ । कम्पनीका सञ्चालक नविन श्रेष्ठका अनुसार २ लाख भन्दा बढी क्षति भएको छ । तार ब्यवस्थित गर्ने क्रममा रहेकै अवस्थामा एक्कासी तार काटिदिएको कारण ठूलो क्षति भएको उहाँको भनाई छ ।