उर्लाबारी । मोरङको उर्लाबारीस्थित आम्बारीमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
आम्बारी स्पोटिङ क्लब उर्लाबारीको आयोजनामा बिहीबारदेखि सुरु भएको उद्घाट खेलमा गोर्खा मंगलबारे फुटबल क्लब विजयी भएको हो । कानेपोखरी फुटबल क्लबलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पछि पार्दै मंगलबारे सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समय भरी दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा मंगलबारेका ज्ञानु मगर, किरण शंकर, रोमन श्रेष्ठ, अनिस अधिकारी र रिजन मगरले गोल गरे भने कानेपोखरीका तर्फबाट अस्मिन राई, अनिल चौधरी, पारस राई र रोमन मगरले गोल गरे भने काजिमान राईले प्रहार गरेको गोल मंगलबारेका गोलरक्षक अशिम खड्काले बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच मंगलबारेका गोल रक्षक अशिम खड्का घोषित भए ।
शुक्रबार खेल बिएफसि पथरी र सहिद गेट केर्खा झापाबीच हुने आयोजक क्लबका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिनुभएको छ । खेलको उद्घाटन उर्लाबारी नगरपालिकाका उपमेयर मिना पौडेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मोरङ फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, उर्लाबारी–९ का वडाअध्यक्ष नरबहादुर मोक्तान, वडा सदस्य गणेश किम्दाङ, प्रकाश कन्दङ्वा, उर्लाबारी–८ का वडाअध्यक्ष कुलबहादुर कार्की, राजघाट भेट्रानका अध्यक्ष मानबहादुर थापा, समाजसेवी सबिता धिमाल, बिजय आङबुहाङलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संचारकर्मी बिजय धिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय