उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एबं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल उर्लाबारी आउने हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले यही असोज २६ गते शुक्रबार आयोजना गर्न लागेकोे दशैं, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँ आउने हुनुभएको हो । उर्लाबारी–४ को जय वशिष्ट रिसोर्ट हुने उक्त कार्यक्रममा उपसभापति अर्यालसहित नेताहरुको उपस्थित रहने नगर आरएटी विभागका सह–संयोजक सञ्जय कुमालले जानकारी दिनुभएको छ । सो अवसरमा प्रशिक्षण कार्यक्रम समेत रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय