
मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिका–२ मा प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
तिल्केनी युथ क्लबको आयोजनामा असोज २७ गते देखि सो प्रतियोगिता हुन लागेको हो । पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा गाउँपालिकाको ९ वटै टिमको सहभागिता रहने तिल्केनी युथ क्लबका अध्यक्ष सरोज राईले बताउनुभयो । असोज २७ देखि मिक्लाजुङ गाउँपालिका वडा नं. २ को तिल्केनी खेल मैदानमा हुने फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
मिक्लाजुङ गाउँपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने सचिब अनिल राईले जानकारी दिनुभयो ।