
उर्लाबारी । कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले उद्योगी व्यापारीलाई सहुलियत कर्जा दिन माग गर्नुभएको छ ।
बैंकमा लगानी योग्य पाँच खर्ब रकम पुनरोत्थान कर्जा मार्फत व्यापारीहरुलाई सुविधा दिन उहाँले माग गर्नुभएको हो । दोस्रो प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै उहाँले ब्यापार चौपट भएका कारण ऋण तिर्न नसकी कतिपय व्यापारीहरु पलायन भइरहेकोले व्यापारीहरुको हितमा नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले उर्लाबारीमा बैंक तथा वित्तिय समस्या सरोकार संघर्ष समिति गठन गरी आन्दोलन सुरु भएको जानकारी गराउँदै उहाँहरुको मागलाई पुरा गर्न माग समेत गर्नुभयो ।