उर्लाबारी । नेपाल सितोरियो संघ मोरङको बरिष्ठ उपाध्यक्षमा इन्द्र लामा चयन हुनुभएको छ ।
संघको जिल्ला समितिको प्रथम बैठकले चार वर्षे कार्यकालका लागि लामालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेको हो । उर्लाबारी – ९ निवासी लामा कराँते खेलमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । यस्तै, संघको सोही बैठकले जिल्ला सदस्यमा सुरज कामत र सायल गिरीलाई पनि मनोनित गरिएको जनाइएको छ । जिल्ला सितेरियो करातेको प्रथम अधिवेशन गत भदौ १८ गते मोरङ जिल्ला खेलकुद समितिका अध्यक्ष श्रवणकुमार ऋषिदेवको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । सो अधिवेशनले चन्द्र पराजुलीको नेतृत्वमा सर्वसम्मत जिल्ला समिति गठन गरेको थियो । रिक्त रहेको वरिष्ठ उपाध्यक्ष पदमा लामालाई समेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय