
पथरी । मोरङको पथरीशनिश्चरेका फुटबल खेलाडी साइमन लिम्बू धनगढी एफसीमा अनुबन्ध हुनुभएको छ ।
ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडबाट लिग खेलेका पथरीशनिश्चरे– १ का उहाँ धनगढीमा अनुबन्ध हुनुभएको हो । मिडफिल्डर लिम्बू अक्सनको बी श्रेणीमा रहनु भएका उहाँको बेस प्राइज १ लाख रहेको थियो । धनगढीसंगै इलाम अक्सनमा लडेपछि उच्चतम मूल्य १ लाख ५० हजार पाउनुभएको छ । गोलाप्रथाबाट धनगढीले पाएको थियो । लिम्बूकै क्लब चर्चका आशिष चौधरी मार्की खेलाडी रहेको क्लबमा अनुबन्धन हुनुभएको छ ।