
उर्लाबारी । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी बिषेश रुपान्तरण अभियान घर–घरमा माओवादी, जन–जनमा माओवादी ३ महिने अभिनय सञ्चालन गरिरहेको छ ।
यसैक्रममा मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ५ मा शुक्रबार सो कार्यक्रमको उद्घाटन गरिएको छ । कोशी प्रदेशको पूर्वसभामुख तथा पूर्वअर्थमन्त्री बाबुराम गौतमले नेपालमा १० बर्ष लडेर देशमा संबिधान माओवादीले ल्याएको बताउनुभयो । पार्टीमा सदस्य भएपछि योजना ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै जनताको हितमा रहेको माओवादीले काम गर्नु पर्ने उहाँको भनाई छ । सो अवसरमा नेकपा माओवादीका केन्द्र वडा नम्बर ५ का अध्यक्ष राजिव साम्बाले परिवर्तन आफैंबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको समस्याको समाधान गर्नका लागि आफु हरदम तयार रहेको जानकारी दिनुभयो ।