
उर्लाबारी । मोरङको उर्लाबारीमा सञ्चालित प्रार्थना रिट्रेटमा प्रवेश निःशुल्क गरिएको छ । उर्लाबारी–३ मंगलबारे (किसान चौक दक्षिण) मा रहेको उक्त रिट्रेटमा ग्राहकहरुलाई शुक्रबारबाट प्रवेशमा कुनै शुल्क नलिने भएको हो । ३ विगाह क्षेत्रफलमा फैलिएको उक्त रिट्रेटमा सुविधा सम्पन्न सेमिनार हल, पार्टी प्यालेस, रेष्टुरेण्ड एण्ड बार, लज , बार बि क्यु, फुटसल, भलिबल, बास्केटबल, टेबल टेनस, स्केटिङ्,पेन्ट बल, स्नोकर र क्रिकेट लगायतका खेलको लागी छुट्टाछुट्टै प्लेग्राउण्ड रहेको छ । यस्तै प्रार्थनामा बालबालिकाहरुका लागी स्विलिङका अलवा छुट्टै बाल मनोरञ्जन कक्ष समेत रहेको छ । यस्तै, प्रार्थनाले उर्लाबारीमै पहिलो पल्ट भि आर गेम जोन समेत संचालन गरिदै आएको संचालक रविन गुरुङ्ले जानकारी दिनुभयो । यसका अलबा प्रार्थनामा राष्ट्र र राष्ट्रियता झल्किने बास्तु कलाहरुसहित धरहरा, घण्टाघर, लुम्बिनीको मायादेवी मन्दिर, स्वर्गिय विरेन्द्र राजा र राजपरिवारसँग सम्बन्धित ऐतिहासिक धरोहरहरुको मुर्ती स्वरुपहरु समेत अवलोकन गर्न पाईनेछ ।
गत साउन २२ गते औपचारिक रुपमा उद्घाटन गरिएको थियो । उक्त रिट्रेटको शुक्रबार विभिन्न सांगितिक प्रस्तुतीसहित ग्राण्ड ओपनिङ् गरिएको छ । गायिका सृष्टि हिङ्माङसहित द डेष्टिनेशन ब्याण्डको प्रस्तुती रहेको थियो ।