
मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको प्रार्थना रिट्रेटको शुक्रबार ‘ग्राण्ड ओपनिङ्’ सहित सांगितिक कार्यक्रम हुने भएको छ ।
उर्लाबारी–३ मंगलबारे (किसान चोक दक्षिण)मा अवस्थित उक्त रिट्रेट उर्लाबारीका युवाहरुले सञ्चालन गर्दै आएका हुन् । ३ विगाह क्षेत्रफलमा फैलिएको उक्त रिट्रेटमा सुविधा सम्पन्न सेमिनार हल, पार्टी प्यालेस, रेष्टुरेण्ड एण्ड बार, लज , बार बि क्यु, फुटसल, भलिबल, बास्केटबल, टेबल टेनस, स्केटिङ्,पेन्ट बल, स्नोकर र क्रिकेट लगायतका खेलको लागी छुट्टाछुट्टै प्लेग्राउण्ड रहेको छ । यस्तै प्रार्थनामा बालबालिकाहरुका लागी स्विलिङका अलवा छुट्टै बाल मनोरञ्जन कक्ष समेत रहेको छ । यस्तै, प्रार्थनाले उर्लाबारीमै पहिलो पल्ट भि आर गेम जोन समेत संचालन गरिदै आएको संचालक रविन गुरुङ्ले जानकारी दिनुभयो । यसका अलबा प्रार्थनामा राष्ट्र र राष्ट्रियता झल्किने बास्तु कलाहरुसहित धरहरा, घण्टाघर, लुम्बिनीको मायादेवी मन्दिर, स्वर्गिय विरेन्द्र राजा र राजपरिवारसँग सम्बन्धित ऐतिहासिक धरोहरहरुको मुर्ती स्वरुपहरु समेत अवलोकन गर्न पाईनेछ ।
गत साउन २२ गते औपचारिक रुपमा उद्घाटन गरिएको उक्त रिट्रेटको भोली विभिन्न सांगितिक प्रस्तुतीसहित ग्राण्ड ओपनिङ् हुने संचालक गुरुङ्ले बताएका छन् । उनका अनुसार उक्त रिट्र्रेटमा राष्ट्रस्तरमै चर्चित गायिका सृष्टि हिङ्माङसहित पूर्व क्षेत्रकै चर्चित द डेष्टिनेशन ब्याण्डको प्रस्तुती रहनेछ । शुक्रबार साँझ ६ बजेदेखी सुरु गरिने उक्त कार्यक्रममा विभिन्न सांगितिक कोसेली सहित डिजे म्युजिकमा रम्न सकिने बताईएको छ ।