उर्लाबारी । मोरङको उर्लाबारी–३ मा मुख्य कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाको प्रमुख आतिथ्यतामा भएको आइतबार प्रतिष्ठानको मुख्य कार्यालयमा भएको साधारणसभामा सचिब अग्निप्रसाद भट्टराईले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष होमबहादुर थापाले आर्थिक प्रतिवेदन रलेखा संयोजक बलराम गजुरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रोमनाथ ओलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । सोही साधारणसभाले सह–सचिबमा खोमप्रसाद बगाले थापालाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय