उर्लाबारी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीलाई सम्मान गरिएको छ ।
उर्लाबारी–५ स्थित श्रीसगरमाथा साकोसको सभाहलमा आज भएको २१ औं साधारणसभामा नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर उहाँलाई सम्मान गरिएको हो । २०६० सालदेखि कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्दै उत्कृष्ट व्यवस्थापकीय भूमिका खेलेको भन्दै बुढाथोकीलाई सम्मान गरिएको छ । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । त्यस्तै, पम्प अपरेटर दिलबहादुर मगरलाई समेत सम्मान गरिएको छ । उत्कृष्ट काम गरी संस्थाको विकासमा योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय