प्रथम मिरिक रोड रनिङ प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यही फस्ट अक्टोबरमा हुने रनिङ प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

रनिङ प्रतियागिता आयोजक समितिका संयोजक ज्ञानेन्द्र गुरुङका अनुसार भारत, नेपाल र भुटानका एक हजार बढी प्रतियोगीले सहभागिता जनाउने लक्ष्य लिएको छ । प्रथम मिरिक रोड रनिङ प्रतियोगिता १० किलोमिटरको रहने छ भने विद्यालयका विद्यार्थीहरुका लागि ३ किलोमिटर रनको पनि आयोजना गरिएको सचिव दिलिपराज राईले जानकारी दिनुभयो ।

खुल्लातर्फको विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तृतिय हुनेलाई १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै ३६ वर्ष उमेरदेखी ४९ वर्षसम्मकालाई र ५० वर्ष माथिकाका लागि पनि रनिङ आयोजना गरिएको छ । प्रतियोगिताको इभेन्ट एम्भबेस्टरमा विश्व अल्ट्रा धावक मिरा राई रहनुभएको छ । मिरिकको पर्यटन र सांस्कृति पहिचानका लागि पहिलो पटक प्रथम मिरिक रोड रनिङ प्रतियोगिता आयोजना गरिन लागेको हो ।

प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, व्यवसायी, संघसंस्था, विद्यालय कलेज सबै लागिपरेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालबाट पनि सयौँ प्रतियोगी मिरिक जाने तयारी रहेको भोजपुर रन आयोजना गर्दै आएको मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय