उर्लाबारी । समुदायमा आधारित जिल्लास्तरीय वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिको अध्यक्षमा उर्लाबारीका अर्जुन बाँस्तोला चयन हुनुभएको छ ।
मोरङको सुन्दरहैचामा भएको दुई दिने तालिमको समापनका अवसरमा उर्लाबारी वडा नम्बर २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बाँस्तोलाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा शर्मिला लुङ्गेली मगर, सचिवमा इश्वरी घिमिरे, सहसचिवमा भुमिका आले, कोषाध्यक्षमा रामकुमार प्रधान तथा सदस्यहरुमा विष्णु कुँवर, हेम तमु, कृष्णकुमारी श्रेष्ठ र विशाल लिम्बु चयन हुनुभएको छ ।
अमेरिकाको समुदाय संरक्षण संस्थाको सहयोग तथा समुदाय संरक्षण नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ मोरङको संयुक्त आयोजनामा समुदायिमा आधारित वन्यजन्तु चोरीसिकारी नियन्त्रण सम्बन्धि २ दिने तालिम आयोजना गरिएको थियो । तालिममा अन्तर्राष्ट्रिय स्तरमा सामुदायिक वनहरुको अभ्यास तथा अवस्था, सामुदायिक वनमा वन्यजन्तु चोरीसिकारी नियन्त्रण र वनजन्य उद्यमका विषयमा छलफल तथा प्रस्तुती भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय