उर्लाबारी । मोरङको कानेपोखरीमा योङ्ग कम्यूनिष्ट लिग (वाइसिएल) को प्रथम गाउँ सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।
एनी धिमालको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सरस्वती पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा युवाहरुको उल्लेखिय सहभागिता रहेको थियो । प्रमुख अतिथि पोखरेलले युवाहरु रचनात्मक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वाइसिएलका केन्द्रीय सदस्य एबं मोरङका इन्जार्ज दिपक आले मगरले पनि युवाहरु परिवर्तनकारी शक्ति भएकाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय