
उर्लाबारी । कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङवाले विश्व शान्ति दिवसको अवसरमा बिहीबार बिराटनगरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।
त्यस अवसरमा सांसद पालुङ्वाले प्रदेशस्तरीय शान्ति संग्रहालय निर्माणका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद पालुङ्वाले सोही अवसरमा आयोजित मानव अधिकारका लागि महिला एकल महिला समूह मोरङको २१ औं साधारणसभालाई समेत सम्बोधन गर्नुभएको छ ।
समूहकी मोरङ जिल्ला अध्यक्ष चुडामणी रेग्मी भट्टराईको अध्यक्षतामा भएको सो सभामा द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष रुपेश शाह, जिल्ला समन्वय समितिकी उपाध्यक्ष उषा झा, नारी विकास संघकी अध्यक्ष सीता शर्मा र गैसस महासंघ मोरङका अध्यक्ष विष्णु शर्माले आ–आफ्नो विचार व्यक्त राख्नुभएको थियो ।