
बेलबारी । मोरङको सुन्दरहरैचामा आज संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्र नगर कमिटीले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा कुल ८४ प्रीन्ट रगत संकलन भएको थियो । नगरअध्यक्ष दुस्यान्त भट्टराईले उक्त रक्तदान कार्यक्रमलाई सफल बनाउन नगर पार्टीका पदाधिकारी सदस्यहरु, अखिल (क्रान्तिकारी) सुकुना बहुमुखी क्याम्पस कमिटीका विद्यार्थीहरु , विभिन्न संघ संस्थामा आवद्ध भएका सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको जानकारी दिनुभयो । अध्यक्ष भट्टराईले जनजनमा माओवादी घर घरमा माओवादी नाराका साथ केही समय अगाडि सुरु भएको ३ महिने बिशेष रुपान्तरण अभियानलाई थप प्रभावकारी बनाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।